← समाचारमा फर्कनुस्
Football Nov 24, 2025 · Swadesh

इजीको ह्याट्रिकमा आर्सनलको शानदार जित

इजीको ह्याट्रिकमा आर्सनलको शानदार जित

इबेरची इजीको ह्याट्रिकको मदतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार टोटनहममाथि शानदार ४–१ को जित निकालेको छ । इमिरेट्समा भएको खेलमा इजीले ४१, ४६ र ७६ औं मिनेटमा गोल गरे ।


लियान्ड्रो ट्रोसार्डले अर्को गोल थपे । टोटनहमका लागि रिचार्लिसनले एक गोल फर्काए । यो जितपछि आर्सनलको २९ अंक भएको छ र लिग उपाधिका लागि एक मात्र बलियो प्रत्यासी बनेको छ ।


चेल्सी २३ अंकमा दोस्रो स्थानमा छ र शीर्षमा आर्सनलको अग्रताले छ अंक छोएको छ । टोटनहम भने १८ अंकमा नवौं स्थानमा छ ।


आइतबारकै अर्को खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई २–१ ले पराजित गर्‍यो र २१ अंकमा शीर्ष चारमा प्रवेश गर्न सफल रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →