← समाचारमा फर्कनुस्
आर्सनल जित्यो तर चेल्सी पराजित

इंग्लिस प्रिमियर लिगमा शीर्षमा रहेको आर्सनल बुधबार विजयी रहँदा चेल्सी भने पराजित भएको छ । इमिरेट्समा आर्सनलले ब्रेन्टफोर्डलाई सजिलै २–० ले हराएको हो ।
त्यसमा मिखेल मेरिनो र बुकायो साकाले एक एक गोल गरे । चेल्सी भने लिड्सको हातबाट ३–१ ले पराजित रह्यो । आर्सनलको १४ खेलबाट ३३ अंक भएको छ र शीर्षमा छ ।
म्यानचेस्टर सिटी २८ अंकमा दोस्रो स्थानमा छ । हारले चेल्सी २४ अंकमा चौथामा झरेको छ । तेस्रो स्थानमा उक्लिन एस्टन भिल्लाले ब्राइटनलाई ४–३ ले हरायो ।
क्रिस्टल प्यालेसले भने बर्नलीलाई १–० ले पन्छायो र पाँचौंमा पुग्यो । अन्य खेलमा नटिंघम फरेस्टले उल्भ्सलाई १–० ले पराजित गर्यो भने लिभरपुल र सन्डरल्यान्डले भने १–१ को बराबरी खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women