← समाचारमा फर्कनुस्
Football Dec 31, 2025 · Swadesh

उपाधि होडमा आर्सनलको निर्णायक सावित जित

उपाधि होडमा आर्सनलको निर्णायक सावित जित

 आर्सनलले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति त्यस्तो जित निकालेको छ, जसको उपाधि होडमा निर्णायक प्रभाव सावित हुन सक्ने छ । इमिरेट्समा भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ४–१ ले पराजित हो ।


हारले भिल्लाको उपाधि होड आफैमा कमजोर भएको छ । यससँगै उसको लगातार ११ खेलको जित क्रम पनि रोकिएको छ । आर्सनलका लागि ग्याब्रिएलले ४८, मार्टिन जुबिमेन्डीले ५२, लियान्ड्रो ट्रोसार्डले ६९ र ग्याब्रिएल जेससले एक एक गोल गरे ।


इन्ज्युरी समयमा ओली वाट्किन्सनले भिल्लाका लागि एक गोल फर्काए । यो जितपछि आर्सनलको १९ खेलबाट ४५ अंक भएको छ र यो शीर्षमा पाँच अंकको अग्रता हो । म्यानचेस्टर सिटी ४० अंकमा दोस्रोमा छ । एस्टन भिल्ला भने ३९ अंकमा तेस्रो स्थानमा रह्यो ।


अन्य प्रमुख खेलमा चेल्सीले ब्राइटनसँग २–२ र म्यानचेस्टर युनाइटेडले उल्भ्ससँग १–१ को बराबरीमा चित्त बुझाए । यस्तोमा चेल्सी ३० अंकमा पाँचौं र युनाइटेड पनि ३० अंकमा छैटौंमा रह्यो । दुवैका लागि यो निराशाजनक नतिजा रह्यो ।


लिभरपुल ३२ अंकमा चौथो स्थानमा छ । वेस्ट ह्याम र ब्राइटनबीचको खेल पनि २–२ को बराबरीमा समाप्त भयो । न्युकासल युनाइटेडले बर्नलीलाई ३–१ र एभरटनले नटिंघम फरेस्टलाई २–० ले पराजित गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →