TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 26, 2026 · Swadesh

आर्सनलको उपाधि सम्भावना जीवन्त

आर्सनलको उपाधि सम्भावना जीवन्त

आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई १–० ले हराएको छ र यससँगै फेरि अंक तालिकाको शीर्षमा उक्लेको छ । यो जितमा इबेरेची इजीले नवौं मिनेटमा निर्णायक गोल गरे ।


आर्सनलको ३४ खेलबाट ७३ अंक भएको छ । म्यानचेस्टर सिटी ७० अंकमा दोस्रोमा छ । यो जितले आर्सनलको उपाधि सम्भावना जीवन्त रह्यो ।


अन्य प्रमुख खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । एस्टन भिल्ला भने फुलहमसँग १–० ले पराजित भएपछि लिभरपुललाई फाइदा भएको हो ।


लिरभपुल र भिल्ला दुवैका समान ५८ अंक छ, तर गोल अन्तरले लिभरपुल अगाडि रहेको हो । रेलिगेसनबाट बच्न संघर्षरत दुई टिममध्ये वेस्ट ह्यामले एभरटनलाई २–१ र टोटनहमले उल्भ्सलाई १–० ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →