← समाचारमा फर्कनुस्
Football Oct 27, 2025 · Swadesh

शीर्ष स्थानमा आर्सनलको पकड

शीर्ष स्थानमा आर्सनलको पकड

आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । उसले इमिरेट्समा भएको खेलमा क्रिस्टल प्यालेसलाई १–० ले हरायो । इबेरची इजीले ३९ औं मिनेटमा निर्णायक गोल गरे । आर्सनलको नौ खेलबाट २२ अंक भएको छ र पहिलो पहिलो स्थान छ ।


बर्नमाउथले भने नटिङघम फरेस्टमाथि २–० को जित रच्यो र यससँगै १८ अंकमामा दोस्रो स्थानमा रह्यो । यस्तै टोटनहमले एभरटनलाई ३–० ले हरायो र लिग तालिकाको तेस्रो स्थानमा उक्लिन सफल रह्यो । यो जितपछि टोटनहमको नौ खेलबाट १७ अंक भएको छ ।


टोटनहमका लागि मिकी भान डे भेनले दुई गोल गरे । म्यानचेस्टर सिटी भने एस्टन भिल्लाको हातबाट १–० ले पराजित रह्यो र त्यसमा म्याट क्यासले १९ औं मिनेटमा निर्णायक गोल गरे । यस्तै बर्नलीले उल्भ्सलाई रोमाञ्चक खेलमा ३–२ ले पराजित गर्‍यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →