TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 21, 2025 · Swadesh

आर्सनल र सिटी दुवै विजयी

आर्सनल र सिटी दुवै विजयी

आर्सनल र म्यानचेस्टर सिटी दुवै शनिबारको खेलमा विजयी रहेका छन् । यससँगै उनीहरू इंग्लिस प्रिमियर लिगको शीर्ष दुई स्थानमा रहे । आर्सनलको ३९ अंक छ भने उसको पछाडि सिटीको ३७ अंक छ ।


आर्सनलले भिक्टर ग्याकेरेसले पेनाल्टीबाट गरेको एक मात्र गोलको मदतले एभरटनलाई १–० ले हरायो । यस्तै इर्लिङ हालान्डले दुई र टिजानी रिजेन्डेर्सको एक गोलमा सिटीले वेस्ट ह्यामलाई ३–० ले पन्छायो ।


अर्को प्रमुख खेलमा लिभरपुलले नौ खेलाडीमा सीमित टोटनहमलाई २–१ ले हरायो र पाँचौं स्थानमा पुग्यो । अन्य खेलमा लिड्स युनाइटेडले क्रिस्टल प्यालेसलाई ४–१ र ब्रेन्टफोर्डले उल्भ्सलाई २–० ले पराजित गरे ।


यस्तै न्युकासल युनाइटेड र चेल्सीले २–२, बर्नमाउथ र बर्नलीले १–१ र ब्राइटन र सन्डरल्यान्डले गोलरहित बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →