← समाचारमा फर्कनुस्
Football Jan 08, 2025 · Swadesh

आर्सनल पराजित

आर्सनल पराजित

काठमाडौं ।  इङ्लिस फुटबल कारबाओ कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा घरेलु मैदानमै आर्सनल पराजित भएको छ।

आर्सनल न्युक्यासल युनाइटेडसँग २-० ले पराजित भएको हो।

न्युक्यासललाई जित दिलाउन एलेक्सजेन्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे।

खेलको ३७औं मिनेटमा इसाकको गोलमार्फत न्युक्यासलले अग्रता लिएको थियो। ५७औं मिनेटमा गोर्डनले टोलीको अग्रता दोब्बर बनाए।

अब दोस्रो लेग न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा फेब्रुअरी ५ मा हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →