← समाचारमा फर्कनुस्
Football Nov 27, 2025 · Swadesh

बायर्नलाई हराएर आर्सनल शीर्षमा

बायर्नलाई हराएर आर्सनल शीर्षमा

इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले बुधबार युरोपेली च्याम्पियन्स लिगमा बायर्न म्युनिकलाई ३–१ ले पराजित गरेर आफ्नो शतप्रतिशत प्रदर्शनको क्रमलाई कायम राख्यो । उसको अब पाँच खेलबाट १५ अंक भएको छ र शीर्ष स्थान कब्जा गर्न सफल रह्यो ।


इमिरेट्समा भएको खेलमा आर्सनलका लागि जुरेन टिम्बर, नोभी माडुके र ग्याब्रिएल मार्टिनेलले गोल गरे । जर्मन च्याम्पियन बायर्नका तर्फबाट लेनार्ट कार्लले एक गोल फर्काए । बायर्न भने १२ अंकमा तेस्रोमा झरेको छ र यससँगै उसको शतप्रतिशत प्रदर्शनमा पूर्ण विराम लाग्यो ।


पेरिस सेन्ट जर्मेन (पीएसजी) को पनि १२ अंक भएको छ र दोस्रो स्थानमा उक्लनका लागि फ्रान्सेली च्याम्ििपयनले टोटनहमलाई ५–३ ले हरायो । यस्तै रियल म्याड्रिडले ओलम्पियाकोजलाई ४–३ ले पराजित गर्‍यो ।


रियल १२ अंकमा पाँचौं स्थानमा पुगेको छ । इन्टर मिलान भने एटलेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भयो । इन्टर १२ अंकमा चौथो स्थानमा छ ।


यस्तै लिभरपुललाई पीएसभी आयनहोभनले ४–१ ले हरायो । अन्य खेलमा कोपनहेगनले अल्माटीलाई ३–२, एटलान्टाले फ्रायन्कफर्टलाई ३–०, स्पोर्टिङ लिस्वनले क्लब ब्रुगलाई ३–० ले पराजित गर्‍यो । पाफोस र मोनाकोको खेल २–२ को बराबरी टुंगियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →