← समाचारमा फर्कनुस्
Football Jan 02, 2025 · Swadesh

महिला लिग : आर्मी र बागमती भिड्दै

महिला लिग : आर्मी र बागमती भिड्दै
काठमाडौं । एन्फा महिला लिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुँदैछ।

बिहीबार हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच खेल हुनेछ। खेल एन्फा कम्प्लेक्समा दिँउसो ३ बजे सुरु हुनेछ।

एन्फाको आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन्। गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए। 

माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागीता जनाउँदै छन्।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →