पीएम कप: आर्मीको लगातार दोस्रो जित

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियागितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
तल्लो मुलपानी क्रिकेट रंगशालामा गण्डकी प्रदेशले दिएको २१० रनको लक्ष्य पछ्याएको आर्मीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ३४ ओभरमै ३ विकेट गुमाएर २१० रनको लक्ष्य सहजै पूरा गरेको छ। यस जितसँगै आर्मीले लगातार दोस्रो जित दर्ता गरेको छ भने्ले गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ।
आर्मीका लागि ओपनर तथा कप्तान विनोद भण्डारीले ५८ रनको योगदान गरे। अर्का ओपनर तिर्थराज दासले ५१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। दुईबीच पहिलो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी भयो। त्यसपछि भीम शार्की ५४ रन र कुशल मल्ल ४३ रनमा अविजित रहँदै टोलीलाई सहज जित दिलाए।
गण्डकीका सुभाष भण्डारीले २ विकेट लिए भने विपिन खत्रीले १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी ४९ दशमलव ४ ओभरमा २०९ रनमा अलआउट भएको थियो। गण्डकीका लागि अर्जुन कुमालले ६७ रन बनाउँदा दीपक डुम्रेले ५१ रनको योगदान दिए।
बलिङतर्फ आर्मीका आकाश चन्द र शाहाब आलमले समान ३र३ विकेट लिए भने कुशल मल्लले किफायती बलिङ गर्दै २ विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women