← समाचारमा फर्कनुस्
संकटालाई हराउँदै आर्मी फाइलन प्रवेश

काठमाडौं । संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
दशरथ रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा संकटालाई २–१ गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो।
आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एकएक गोल गरे। नवयुगले खेलको ७औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए। खेलको ६५औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र आर्मीले फाइनलमा स्थान पक्का गऱ्यो।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शनिबार आयोजक केपी एफसी र मछिन्द्र एफसीबिच प्रतिष्पर्धा हुनेछ। फाइनल खेल फागुन १९ गते हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |