← समाचारमा फर्कनुस्
Football Aug 02, 2025 · Swadesh

डुरान्ड कप : निराजनको गोलमा आर्मी हारबाट जोगियो

डुरान्ड कप : निराजनको गोलमा आर्मी हारबाट जोगियो

काठमाडौँ। निराजन धामीको गोलमा त्रिभुवन आर्मी फुटबल क्लब हारबाट जोगिएको छ। जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्समा खेलिएको १३४ औं डुरान्ड कप अन्तर्गत समूह सी को आफ्नो दोस्रो खेलामा आर्मी वन लदाख फुटबल क्लबसँग १-१ को बराबरीमा रोकिएको हो। 

यसै १३४ औं डुरान्ड कपबाट १ लद्दाख एफसीले डेब्युट गरेको थियो। डिफेन्डर सिजुले खेलको २३ औं मिनेटमा कर्नर किकमा आर्मीका किपर बिकेश कुथु बिट भएको बललाई हेड गर्दै गोल गरेको थियो। 

आर्मीका लागि निराजन धामीले खेलको ४१ औं मिनेटमा बराबरी गोल फर्काएका थिए। यसअघि पहिलो खेलमा आर्मी जमशेदपुरसँग ३-२ ले पराजित भएको थियो। अब मंगलबार भारतीय आर्मीको सामना गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →