← समाचारमा फर्कनुस्
विभागीय डर्बी : पुलिसविरुद्व आर्मीको जित

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण अन्तर्गत बिहीबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गरेको हो।
आर्मीको जितमा आत्मघाती उपहारस्वरुप प्राप्त भएको गोल नै निर्णायक बन्यो।
खेलको इन्जुरी समयमा पुलिसकी रक्षक समीक्षा घिमिरेबाट आत्मघाती गोल हुन पुगेको थियो।
जितसँगै जारी सिजन ६ खेलमा १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ। पराजित पुलिस समान खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |