आर्मी, मछिन्द्र र संकटा विजयी

काठमाडौँ । ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सोमबार तीन खेल सम्पन्न भएको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको दिनको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि ४–१ को सहज जित दर्ता गरेको छ।
आर्मीलाई जित दिलाउन भुवन कामीले दुई गोल गर्दा रविन घले र रोहित श्रेष्ठले समान एक गोल गरे। यता, सातदोबाटोका लागि तेन्जिङ तामाङले गोल फर्काए।
जितसँगै २० खेलमा १८ अंक जोडेको आर्मी १०औं स्थानमा छ। पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा छ।
यस्तै, दिनको दोस्रो खेलमा मछिन्द्र क्लबले चर्च ब्वइज युनाइटेडमाथि २–१ को रोमाञ्चक हासिल गर्यो।
मछिन्द्रलाई जित दिलाउन रोनिक रानामगर र उत्तरबहादुर बुढाथोकीले गोल गरे। यता, चर्च ब्वाइजका लागि सन्दीप थाडामगरले गोलको गोल सान्त्वना बन्यो।
खेलको २३औं मिनेटमा रोनिकको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो।

जितसँगै २० खेलमा ३४ अंक जोडेको मछिन्द्र चौथो स्थानमा छ। पराजित चर्च ब्वाइज समान खेलबाट २२ अंकका साथ नवौं स्थानमा छ।
दिनको अन्तिम तथा तेस्रो खेलमा संकटा क्लबले एफसी खुमलटारविरुद्ध ७-० को सहज जित दर्ता गर्यो।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटालाई जित दिलाउन दिलन लिम्बु र कृष्णबहादुर आलेले समान दुई तथा अनिश थापामगर, एकराज विश्वकर्मा र आदित्य चौधरीले समान एक गोल गरे।
खेलको १९औं मिनेटमा दिलनको गोलमार्फत संकटाले अग्रता लिएको थियो।
जितसँगै २० खेलमा ३९ अंक जोडेको संकटा तेस्रो स्थानमा छ। पराजित खुमलटार समान खेलबाट ११ अंकका साथ ११औं स्थानमा छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |