← समाचारमा फर्कनुस्
मेसी विना अर्जेन्टिनाको प्रभावशाली जित

अर्जेन्टिनाले बिहीबार बोलिभियालाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ४–० ले हराएको छ र यो लियोनल मेसीले सन्यासको घोषणा गरेयता अर्जेन्टिनाले खेलेको यो खेल रह्यो । पूर्व कप्तान मेसी विना पनि अर्जेन्टिनाको प्रदर्शन प्रभावशाली रह्यो ।
कोरडोबामा भएको खलमा लउटारो मार्टिनेजले पहिलो गोल गरे र त्यसपछि निकोलस पाज, क्रिस्टियन रोमेरो र जोसे म्यानुएलले एक एक गोल थपे । विश्व फाइनलमा स्पेनको हातबाट पराजित भएपछि अर्जेन्टिना मैदानमा उत्रेको पनि यो पहिलो पटक हो ।
अब मेसीले मंगलबार ब्युनर्स आयर्समा बेनिनविरुद्ध हुने खेलमा अर्जेन्टिनाका लागि खेल्नेछन् र यो उनको बिदाई खेल हुनेछ । गत महिना मात्रै ३९ वर्षीय मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । यस्तोमा विश्वकपको फाइनल नै उनको औपचारिक अन्तिम खेल रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |