← समाचारमा फर्कनुस्
पाराग्वेसँग हार्यो अर्जेन्टिना

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पाराग्वेसँग पराजित भएको छ।
घरेलु मैदान डिफेनसोर्स डेल चेको रंगशालामा शुक्रबार बिहान भएको खेलमा पाहुना टोली अर्जेन्टिना २–१ गोलले पराजित भएको हो।
पाराग्वेको जितमा एन्टोनियो सानाब्रिया र ओमर एल्डरेटेले गोल गरे। यता अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गरेको गोल सान्त्वना बन्यो।
खेलको ११औँ मिनेटमा मार्टिनेजको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो। तर, आठ मिनेटपछि नै सानाब्रियाले पाराग्वेलाई बराबरीमा ल्याए।
एल्डरेटेले ४७औँ मिनेटमा गोल गर्दै पाराग्वेलाई २–१ ले अगाडि बढाए। त्यसपछि थप गोल निस्कन नसक्दा गराग्वे विजयी भयो।
हारका बाबजुद ११ खेलबाट २२ अंक जोडेको अर्जेन्टिना शीर्षस्थानमा कायम छ। यता, विजयी पाराग्वे समान खेलबाट १६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |