← समाचारमा फर्कनुस्
Football Jul 04, 2026 · Swadesh

केप भार्डेलाई पन्छाएर भाग्यमानी अर्जेन्टिना अन्तिम १६ मा

केप भार्डेलाई पन्छाएर भाग्यमानी अर्जेन्टिना अन्तिम १६ मा

डिनेले गरेको आत्मघाती गोलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौतीलाई निस्तेज पार्दै अतिरिक्त समयमा ३–२ को सनसनीपूर्ण जित निकालेको छ र विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

खेल टाइब्रेकरतर्फ अग्रसर रहेको बेला डिनेले १११ औं मिनेटमा दुर्भाग्यपूर्ण आत्मघाती गोल गरे । अब अर्जेन्टिनाले अन्तिम १६ मा प्रवेशका लागि इजिप्टको सामना गर्ने भएको । यसअघि इजिप्टले टाइब्रेकरमा अस्ट्रेलियालाई पराजित गरेको थियो ।  

मियाामीमा भएको खेलमा लियोनल मेसीले २९ औं मिनेटमा गरेको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । केप भार्डेका लागि ५९ औं मिनेटमा डेरोय डुर्टेले बराबरी गोल फर्काए । लिसान्ड्रो मार्टिनेजले ९२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई दोस्रो पल्ट अग्रता दिलाए ।

खेलको १०३ औं मिनेटमा सिन्डी लोपेसले केप भार्डेका लागि उत्कृष्ट गोल गर्दै खेललाई सनसनीपूर्ण रुपमा बराबरीमा ल्याए । यही स्थितिमा डिनेले गरेको हेडले आफ्नै पोस्टको दिशा लिएपछि केप भार्डेको चुनौती सकिएको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →