TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 20, 2025 · Swadesh

उपाधिका लागि एपिएफ र इस्ट बङ्गाल आज फाइनलमा

उपाधिका लागि एपिएफ र इस्ट बङ्गाल आज फाइनलमा

काठमाडौँ। साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि आज नेपालकाे एपिएफ क्लब र भारतको इस्ट बङ्गाल आमनेसामने हुँदैछन्। फाइनल खेल नेपाली समयअनुसार साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ।


लिग चरणमा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। इस्ट बङ्गालले चार खेलमध्ये तीन जित र एक बराबरी खेल्दै १० अंक जोडेर शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो। एपिएफले भने दुई जित र दुई बराबरीसहित ८ अंक हासिल गर्दै दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो।


लिग चरणमा यी दुई टोलीबीच भएको प्रतिस्पर्धा गोलरहित बराबरीमा सकिएको थियो। आजको फाइनलमा दुवै टोली पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →