TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 20, 2025 · Swadesh

पहिलो हाफमा एपीएफविरुद्ध ईस्ट बंगाललाई अग्रता

पहिलो हाफमा एपीएफविरुद्ध ईस्ट बंगाललाई अग्रता

काठमाडौँ। साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा घरेलु टोली एपीएफ पछि परेको छ।


जसमा पहिलो हाफको समाप्तिमा नेपालको एपिएफविरुद्ध भारतको ईस्ट बंगाल एफसीले २–० को अग्रता बनाएको हो।


खेलको २२औँ मिनेटमा ईस्ट बंगालको लागि कप्तान फाजिला इक्वापुतले गोल गर्दै १–० को अग्रता दिलाइन्। ३५औँ मिनेटमा सिल्कीदेवी हमालको गोलमा ईस्ट बंगालले २–० को अग्रता बनायो।


समूह चरणको खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए। ईस्ट बंगाल समूह विजेता तथा एपीएफ दोस्रो स्थानमा रहेर फाइनल पुगेका हुन्। समूह चरणमा दुवै टोली अपराजित रहे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →