अञ्जना पुगिन एपिएफमा

काठमाडौं। गोलकिपर अञ्जना रानामगरले घरेलु टोली त्रिभुवन आर्मी क्लब छाडेर एपिएफ पुगेकी छिन्।
करिब एक दशकदेखि आर्मीको जर्सीमा देखिँदै आएकी उनी अर्को विभागीय टोली एपिएफ बसाइ सरेकी हुन्। पछिल्लो समय एपिएफ भरपर्दो गोलकिपरविहीन छ।
पहिलो रोजाइकी गोलकिपर तथा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा व्यावसायिक लिग खेल ग्रिस पुगेपछि एफिएफ सिनियर गोलकिपरविहीन भएको हो। त्यसैले एन्फा महिला लिगदेखि उमेर समूहबाट खेलिरहेकी सावित्री किशनलाई एपिएफले गोल पोस्टको जिम्मेवारी सुम्पिएको थियो।
उनले यही लिगमार्फत गत भदौमा एपिएफको जर्सीमा डेब्यु गरेकी हुन्। डेब्यु लिगमा उनी उत्कृष्ट गोलकिपर घोषित भएकी थिइन्। उनले लिगबाहेक इलाममा आयोजित दोस्रो अन्तर्राष्ट्रिय महिला गोल्डकप र चितवनमा भएको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा पहिलो रोजाइमा पर्दै एपिएफको पोस्ट सम्हालेकी थिइन्।
अञ्जनाको प्रवेश भएसँगै सावित्री पुनः बेन्चै सीमित हुने पक्का भएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |