लामो समयपछि मैदान फर्कदा खुसी लागेको छ, घरेलु लिग चाडै होस् : अञ्जन विष्ट

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले लामो समयपछि मैदान फर्कन पाउँदा खुसी लागेको बताएका छन्।
उनले भने 'हाम्रो लिग नभएको पनि पाँच सय दिन भन्दा बढी भइसकेको छ। लामो समयपछि फुटबल हुँदैछ खुसी छु, खुसीको कुरा फेरि फुटबल फर्किदैँ छ भन्ने महसुस भएको छ।'
‘हाम्रो टिममा धेरै डाउन फल भएको छ तर, पनि युवा खेलाडीहरुको कमि भने भएको छैन। म के भन्न चाहान्छु भने हाम्रो देशमा घरेलु लिगहरु भइदिरहोस्, नयाँ भाइहरु फुटबल नै भनेर आएका छन् सो घरेलु लिग नहुँदा कति खेलाडी विदेशी नुपरेको छ।'
'घरेलु लिग भने सधै भइरहोस्, हामीले अफगानिस्तान र ताजकिस्तानसँग खेल खेल्न पाउँदा खुसी लागेको छ। त्यहाँ गएर हाम्रो युवा खेलाडीहरुले राम्रो अनुवभ बटुल्छन् भन्ने मलाई विश्वास लागेको छ। उनले थपे'
ताजकिस्तान र अफगानिस्तानविरुद्धको हुने मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत शुक्रबार नै अन्तिम टोली घोषणा गरिसकेको छ।
यति बेला नेपाली टिम नवीन न्यौपानेको मुख्य प्रशिक्षणमा रहेको छ।
नेपालले पहिलो मैत्रीपूर्ण खेल नोभेम्बर १३ मा ताजकिस्तान तथा नोभेम्बर १६ मा अफगानिस्तानसँग दुशान्बे सेन्ट्रल स्टेडियममा खेल्ने तालिका छ।
२३ सदस्य नेपाली टोली
गोलकिपर : किरण कुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डर : अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दिप पौडेल, अन्जल महर्जन
मिडफिल्डर : रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
फरवार्ड : जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |