← समाचारमा फर्कनुस्
अञ्जन सम्मिलित कश्मीर ३–१ ले विजयी

काठमाडौं। नेपाली फरवार्ड अञ्जन विष्टसम्मिलित आई–लिग टोली रियल कश्मीर एफसीले १३४औं डुरान्ड कपमा विजयी हासिल गरेकाे छ।
खुमान लम्पक मुख्य रंगशालामा आइतबार सम्पन्न समूह ‘एफ’ को महत्त्वपूर्ण खेलमा घरेलु टोली नेरोका एफसीमाथि कश्मीरले ३–१ को सहज जित दर्ता गरेको हो।
याे जितसँगै कश्मीरकाे नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ।
अनुभवी डिफेन्डर सलाम रञ्जन सिंहले पहिलो हाफमै कश्मीरलाई अग्रता दिलाएका थिए। तर, लुकास चागासले बराबरी गोल गरे। तर, मारेत तारिक र मोडु म्बेङ्गुको गोलसँगै पाहुना टोलीले ३ अंक पक्का गर्यो।
यो जितसँगै कश्मीरले ३ खेलमा ६ अंकसहित समूह चरणको यात्रा समाप्त गरेको छ। नेरोका २ अंकमै रोकियो। अब समूह विजेता भएर नकआउट चरणमा पुग्ने टोलीको निर्णय आउँदो अगस्ट १२ मा हुने इन्डियन नेभी एफटी र ट्राउ एफसीबीचको अन्तिम खेलले तय गर्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |