← समाचारमा फर्कनुस्
Football Jan 09, 2025 · Swadesh

अनिताको ह्याट्रिकमा पुलिसमाथि एपिएफको सानदार जित

अनिताको ह्याट्रिकमा पुलिसमाथि एपिएफको सानदार जित

काठमाडौँ । एन्फा महिला लिगको दोस्रो चरणमा बिहीबार भएको विभागीय डर्बीअन्तर्गत एपिएफ क्लबले नेपाल पुलिस क्लबमाथि सानदार जित हासिल गरेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा एपिएफले पुलिसलाई ६–० ले पराजित गरेको हो।

एपिएफको जितमा कप्तान अनिता बस्नेतले ह्याट्रिक पूरा गरिन्। उनले खेलको १०औँ मिनेट, अतिरिक्त समयको दोस्रो तथा तेस्रो मिनेटमा ह्याट्रिक पूरा गरिन्। सरु लिम्बुले दुई र रेनुका नगरकोटेले एक गोल गरिन्।

जितसँगै तीन खेलबाट ९ अंक जोडेको एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। यता पराजित पुलिस चार खेलबाट सात अंक रहेको छ।

यसअघि एपिएफ पहिलो चरणमा शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →