← समाचारमा फर्कनुस्
Football Aug 13, 2025 · Swadesh

एन्फा महिला लिग छनोट बिहीबारदेखि

एन्फा महिला लिग छनोट बिहीबारदेखि

काठमाडौं, अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को आयोजनामा बिहीबार देखि एन्फा महिला लिग छनोट आयोजना हुने भएको छ। 


एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरी सकेको बुधवार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। 


एन्फा फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ। सहभागी मध्यबाट उत्कृष्ट  ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्। यस्तै, सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ। 


एसियाली मानचित्रमा नेपाली महिला फुटबलको स्तर बढेको सन्दर्भमा एक टोलीलाई कम्तीमा ६ खेलका लागि अवसर दिन यो संरचना उपयुक्त भएको प्रतियोगिता प्रमुख सञ्जीव मिश्रले जानकारी दिए। 


समूह A मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन्। 


समूह B मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी ्एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्। पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →