← समाचारमा फर्कनुस्
Football Aug 14, 2025 · Swadesh

एन्फा महिला लिग छनोट : पहिलो दिन दुई खेल

एन्फा महिला लिग छनोट : पहिलो दिन दुई खेल

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा बिहीबारदेखि सुरु हुने एन्फा महिला लिग छनोटमा पहिलाे दिन दुई खेल हुँदै छ।


सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुने दिनकाे पहिलाे खेलमा एफसी रिएले र छहारी युवा क्लबबीच हुने छ। याे खेल दिउँसाे १ बजेबाट सुरु हुनेछ।


यस्तै, दिनकाे दाेस्राे खेलमा संकटा फुटबल क्लबले स्टुडेन्ट फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ। याे खेल दिउँसाे ४:१५ बजेबाट सुरु हुनेछ।


प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ। यसअघि असार पहिलो साता एन्फाले १६ टोलीको नाम सार्वजनिक गरेको थियो। तर चित्लाङ एफसी र कन्काइ खेलकुद प्रतिष्ठानले समयमा आवश्यक कागजात बुझाउन नसकेपछि प्रतियोगिताबाट बाहिरिएका छन्।


सहभागी मध्यबाट उत्कृष्ट  ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्। यस्तै, सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ। 


समूह 'ए' मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रिएले छन्। 


समूह 'बी' मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →