← समाचारमा फर्कनुस्
Football Aug 15, 2025 · Swadesh

एन्फा महिला लिग छनोटमा आज २ खेल हुँदै

एन्फा महिला लिग छनोटमा आज २ खेल हुँदै

काठमाडौं। एन्फा महिला लिग छनोटमा आज शुक्रबार पनि दुई खेल हुँदैछ।


सातोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा हुने दिनको पहिलो खेलमा राप्ती एएफसी र आरबी रिसोर्ट एन्ड बिच फुटबलबीच भिड्दै हुनेछ। खेल अपरान्ह १२ः३० बजेवाट सुरू हुनेछ।


यस्तै, दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरसँग खेल्ने छ। याे खेल दिउँसाे ४:१५ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ।


सहभागी मध्यबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्। समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थानमा रहने दुई टोलीबीचमा प्ले अफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ।


यसअघि बिहीबार भएको खेलमा छहारी तथा सङ्कटा फुटबल क्लब विजयी भएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →