← समाचारमा फर्कनुस्
Football Aug 12, 2025 · Swadesh

एन्फा ग्रासरूट फुटबलको लोगो सार्वजनिक कार्यक्रम

एन्फा ग्रासरूट फुटबलको लोगो सार्वजनिक कार्यक्रम

काठमाडौं। एन्फा ग्रास रुट कार्यक्रमको उद्घाटन भएकोछ।


सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा अध्यक्ष पङ्कजविक्रम नेम्बाङ उद्घाटनकै अवसरमा लोगो समेत अनावरण गरियोका छन् ।


कार्यक्रमका लागि टिडिएच र चाइल्ड नेपालसँग सम्झौता पनि भएको ग्रास रुट विभागका प्रमुख पङ्कज शाहीले जानकारी दिए। दुवै संस्थासँग भिन्न भिन्नै सम्झौता पत्रमा हस्ताक्षर भएको हो। टिडिएचका सेभ गार्डिङ कोअर्डिनेटर कमल लामा तथा चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दंगालले हस्ताक्षर गरे।


कार्यक्रमको अध्यक्षता एन्फाका ग्रास रुट समिति संयोजक मणि चेम्जोङले गरेका थिए। विषयगत क्षेत्रमा सहकार्य गर्दै बालबालिकाको सुरक्षित रूपले फुटबलमा सक्रिय रहने वातावरण सृजना गर्ने कुराका सहकार्य भएको शाहीले बताए।


३ वर्षे सो कार्यक्रम विश्व फुटबल महासङ्घ (फिफा)को आर्थिक सहयोगमा हुन लागेको हो। ३ वर्षे कार्यक्रम ३९ जिल्लामा सञ्चालन हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →