एन्सेलोट्टी ब्राजिलको मुख्य प्रशिक्षक

काठमाडौँ । कार्लो एन्सेलोट्टी ब्राजिलको राष्ट्रिय पुरुष फुटबल टाेलीको प्रशिक्षक बनेका छन्।
ब्राजिल फुटबल फेडेरेसनले रियल मड्रिडका प्रशिक्षक एन्सेलोट्टी आफ्नो राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको हाे।
ब्राजिलले २०२६ विश्वकपसम्म एन्सेलोट्टी मुख्य प्रशिक्षक रहने बताएको छ। एन्सेलोट्टीले जुनको पहिलो सातादेखि ब्राजिलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन्। एन्सेलोट्टीले इक्वेडर र पराग्वेविरुद्धको विश्वकप छनौटको खेलदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्ने भएका छन् भने उनको नेतृत्वमा ब्राजिलले २०२६ को विश्वकप खेल्ने भएको छ।
६५ बर्षिय एन्सेलोट्टी पछिल्लो पटक २०२१ देखि रियलको प्रशिक्षक रहेका छन्। उनी यसअघि २०१३ देखि २०१५ सम्म पनि रियलको प्रशिक्षक थिए। उनले युभेन्टस, एसी मिलान, चेल्सी, पिएसजी, बायर्न म्युनिख, नापोली र एभर्टनको प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |