अनन्त तामाङले पनि बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका सेन्ट्रल ब्याक अनन्त तामाङले बंगलादेशको लिग खेल्ने भएका छन्।
उनलाई फर्सिट एफसीले अनुबन्ध गरेको हो। अनन्तले पछिल्लो समय विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट भारतमा १३४औं डुरान्ड कप खेलेका थिए।
यस्तै, यो उनको तेस्रो विदेशी क्लब हो। उनले यसअघि मार्बेला युनाइटेड र इस्ट बंगालबाट खेलिसकेका छन्। एन्फा एकेडेमीका उत्पादन रहेका अनन्तले थ्री स्टार र चर्च ब्वाइजस्ता क्लबाट घरेलु लिग खेलेका छन्।
उनले आफ्नो कप्तानीमा ललितपुर सिटी एफसीलाई लगातार दाेस्राेपटक नेपाल सुपर लिगको उपाधि दिलाएका थिए। यस्तै, चर्च ब्वाइजलाई पनि पहिलो सिजनमै ए डिभिजन लिगको उपाधि दिलाएका थिए।
यस सिजन बंगलादेशको लिगमा आबद्द हुने उनी चौथो नेपाली खेलाडी हुन्। यसअघि नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलानलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरिसकेको छ।
डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज एमएफएसले अनुबन्ध भएका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |