TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 13, 2026 · Swadesh

अमेरिकाको उत्कृष्ट विजयी सुरुआत

अमेरिकाको उत्कृष्ट विजयी सुरुआत

अमेरिकाले विश्वकप २०२६ को लस एन्जलस स्टेडियममा भएको समूह डी को खेलमा पाराग्वेमाथि शनिबार ४–१ को प्रभावशाली जित दर्ता गरेको छ । अमेरिकाका लागि फ्लोरिन बालोगनले दुई गोल गरे । डामिन बोबाडिलाको आत्मघाती गोलमा अमेरिकाले सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो  । 

अमेरिकाले रचेको आक्रमणमा पाराग्वे दबाबमा आएको थियो र यसैक्रममा बोबाडिलाले बललाई आफ्नै पोस्टको दिशा दिएका थिए । खेलको ३१ औं मिनेटमा बालोगनले दोस्रो गोल गरे । त्यस अगाडि उनको प्रहारले पोस्टका दिशा

लिए पनि त्यसले मान्यता पाएन् र यसलाई अफ साइड घोषणा गरिएको थियो । 
पहिलो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा बालोगनले तेस्रो गोल थपे । पाराग्वेले दोस्रो हाफको ७३ औं मिनेटमा एक गोल फर्काएको थियो र यो मउरिसो मागाल्हासको नाममा रह्यो । पाराग्वेले बुनेको पहिलो उल्लेखनीय आक्रमणमै गोल निकालेको हो । अमेरिकाले दोस्रो हाफमा पहिलेको जस्तो आक्रामक खेल दोहराउन सकेन् । 

दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा जियोभानी रेयेनाले अमेरिकाका लागि चौथो गोल गर्न सफल रहे । यो प्रभावशाली जितपछि तीन अंकसहित अमेरिकाको अर्को चरण प्रवेशको सम्भावना बलियो भएको छ । पाराग्वे भने शून्य अंकमै सीमित रह्यो । यो समूहका अन्य दुई टिममा टर्की र अस्ट्रेलिया रहेका छन् । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 1 1
1 Canada 1 1
3 Qatar 0 0
3 Switzerland 0 0
सबै समूह →