← समाचारमा फर्कनुस्
अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौँ । साउदी क्लब अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको छ।
मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग ३-२ गोल अन्तरले पराजित हुँदै अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको हो।
कावासाकीको जितमा टाटसुया इटो, युटो ओजेकी र अकिहिरो लेनागाले एक एक गोल गरे। त्यस्तै अल नासरका लागि साडियो माने र आयमान याहयाले एक एक गोल गरेका थिए।
यो हारपछि अल नासरको यस सिजनमा ट्रफी जित्ने सम्भावना सकिएको छ। साउदी लिगमा समेत सम्भावना नरहेको अवस्थामा एएफसी च्याम्पियन्स लिगबाट पनि बाहिरिएको छ।
अब फाइनल खेल कावासाकी फ्रन्टेल र साउदी क्लब अल अहलीबीच हुने छ। एएफसी च्याम्पियन्स लिगको फाइनल खेल मे ३ मा हुँदैछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |