← समाचारमा फर्कनुस्
साउदी लिगमा अल नासरको पहिलो हार

काठमाडौँ । साउदी प्रो लिगमा अल नासरको अपराजित यात्रा टुंगिएको छ।
घरेलु मैदानमा शुक्रबार राति सम्पन्न खेलमा पाहुना टोली अल क्वादिसियाहले अल नासरलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
अल क्वादिसीयाहको जितमा जुलियन क्विनोनेज पियरे एमिरिक अउबामेयांगले एक एक गोल गरे। यता, अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गरेको एक गोल सान्त्वना बन्यो।
खेलमा सुरुआती अग्रता बनाएको नासरले उक्त अग्रता अन्तिम समयसम्म कायम राख्न सकेन।
यो पराजयले अल नासरको उपाधि जित्ने यात्रामा धक्का पुगेको छ। जारी सिजन पहिलो हार ब्यहोरेको अल नासरको ११ खेलमा २२ अंकसहित तेस्रो स्थानमा छ। जित हासिल गरेको अल क्वादिसियाहको ११ खेलमा २२ अंक नै रहेको छ र लीगमा पाँचौं स्थानमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |