← समाचारमा फर्कनुस्
Football Nov 09, 2024 · Swadesh

साउदी प्रो लिग : अल नासर र अल हिलाल विजयी

साउदी प्रो लिग : अल नासर र अल हिलाल विजयी

काठमाडौं ।साउदी प्रो लिगमा शीर्ष स्थानको अल हिलाल र अल नासर विजयी भएका छन्।


गएराती भएको खेलमा अल नासरले अल रियादलाई १–० गोल अन्तरले पराजित गरेको हो।


खेलको ४१औ मिनेटमा साडियो मानेले गरेको गोल नै नासरलाई तीन अंक दिलाउन निर्णायक बन्यो।


जितसँगै १० खेलबाट २२ अंक जोडेको अल नासर लिगमा तेस्रो स्थानमा छ। पराजित अल रियाद समान खेलमा १४ अंकसहित सातौं स्थानमा छ। 


यस्तै अर्को खेलमा अल हिलालले अल इत्तिफाकलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।


अल हिलालको जितमा अलेक्जेन्डर मिट्रोभिक, माल्कम र मोहमद अल क्व्हटानीले एक एक गोल गरे। त्यस्तै अल इत्तिफाकका लागि एक गोल भिक्टर सान्तोसले गरे। 


जितसँगै अल हिलाल १० खेलबाट २८ अंकसहित शीर्ष स्थानमा कायम छ। पराजित अल इत्तिफाकको १० खेलबाट ११ अंकसहित ११औं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →