← समाचारमा फर्कनुस्
Football Jul 15, 2025 · Swadesh

लकेन किरिभोङ सोक सेन चे एफसीमा अनुबन्ध

लकेन किरिभोङ सोक सेन चे एफसीमा अनुबन्ध

नेपाली मिडफिल्डर लकेन लिम्बु कम्बोडियाली टोली किरिभोङ सोक सेन चे एफसीमा अनुबन्ध भएका छन्।

लकेनले नेपालको शिर्ष डिभिजन लिग ‘ए’ डिभिजन लिग थ्री स्टार, मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइजबाट खेलेको थियो। यस्तै, लकेनले झापा एफसीबाट नेपाल सुपर लिग खेलेको थियो। उनले २०२४-२५ मा भारतको आइ–लिग क्लब दिल्ली एफसीबाट खेलेको थियो। 

क्लबमा आबद्ध भएपछि लिम्बूले भने “किरिभोङ सोक सेन चे एफसीको प्रतिनिधित्व गर्न पाउनु ठूलो सम्मानको कुरा हो, र म सुरु गर्न उत्सुक छु!"

मैले विगत चार वर्षदेखि नेपाल र भारत सहित घरेलु र अन्तर्राष्ट्रिय फुटबलमा व्यावसायिक रूपमा खेल्दै आएको छु। वर्षौंदेखि, मैले बलिया विपक्षीहरूसँग र विरुद्ध खेलेको छु, र म टोलीलाई मद्दत गर्न मेरो अनुभव प्रयोग गर्न तयार छु।

म मेरा टोलीका साथीहरू, प्रशिक्षकहरू, र हाम्रा अद्भुत प्रशंसकहरूलाई भेट्न उत्साहित छु — र सफलताको लागि सँगै लड्नेछु। “

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →