← समाचारमा फर्कनुस्
Football Dec 24, 2024 · Swadesh

अल इफुटबल लिग हुने

अल इफुटबल लिग हुने

९ पुस, काठमाडौं । अल इफुटबल इस्पोर्ट्स प्रालीको आयोजनामा इफुटबल इस्पोर्ट्स लिग आयोजना हुने भएको छ । 

आयोजकले मंगलबार भक्तपुरका पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही पुस २१ गतेदेखि सुरु हुने जानकारी गराएको हो । 

पछिल्लो समयमा नेपालमा इस्पोर्ट्सको बढ्दो क्रेसलाई मध्यनजर गर्दै पहिलो पटक इफुटबल आयोजना गर्न लागेको आयोजक संस्थाका सागर घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा ५० देखि ६० खेलाडीको सहभागिताको अपेक्षा रहेको घिमिरेले जानकारी दिए । 

प्रतियोगिता च्याम्पियन्स लिग फर्म्याटमा आयोजना गरिनेछ । ‘लिग चरण देखि क्वाटरपाइनलसम्मका खेलहरु घरबाटै अनलाइनमा खेलाइनेछ । सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा गर्नेछौं ।’

अन्तिम चरणको खेल एक दिन सञ्चालन हुने सागर घिमिरेले बताए । 

प्रतियोगिताको लागि ५०० दर्ता शूल्क तोकिएको छ । यस्तै प्रतियोगिताको कूल पुरस्कार राशी १ लाख रहेको छ ।

यस प्रतियोगिताबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने र आर्थिक रुपमा समेत खेलाडीलाई फाइदा पुग्ने आयोजकको विश्वास छ  ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →