← समाचारमा फर्कनुस्
मैत्रीपूर्ण खेलमा अल नासर विजयी

काठमाडौं। साउदी प्रो लिग क्लब अल नसारले प्रि-सिजन मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेकाे छ।
अस्ट्रियाको उन्टर्सबर्ग एरिनामा बुधबार राति भएकाे खेलमा नासरले फ्रान्सको टोलोजलाई २-१ ले पराजित गरेकाे हाे।
अल नासरलाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डो र मोहम्मद मारनले गोल गरे। टोलोजका लागि यान गबोहोले गोल गरे।
खेलको २५औं मिनेटमा गबोहोको गोलमार्फत टोलोजले अग्रता लिएको थियो तर, आठ मिनेटपछि नै रोनाल्डोले अल नासरलाई बराबरीमा ल्याए।
मारनले ७६औं मिनेटमा गोल गर्दै अल नासरलाई २-१ को रोमाञ्चक जित दिलाए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |