← समाचारमा फर्कनुस्
Football Oct 23, 2024 · Swadesh

इस्टेघलालमाथि अल नासरको जित

इस्टेघलालमाथि अल नासरको जित

काठमाडौं । अल नासर एएफसी च्याम्पियन्स लिगको खेलमा विजयी भएको छ।

गएराती सम्पन्न खेलमा अल नासरले इरानी क्लब इस्टेघलाललाई १–० गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा आइमेरिक लापोर्टेले गोल गरे। 

खेलको ८१औं मिनेटमा आइमेरिक उनले गरेको गोल नै खेलको निर्णायक बन्यो।

जारी सिजनको च्याम्पियन्स लिगमा अल नासरको दोस्रो जित हो। ३ खेलमा ७ अंकसहित अल नासर चौथो स्थानमा रहेको छ। त्यस्तै इस्टेघलालको ३ खेलमा ३ अंक रहेको छ।

अब अल नासरले च्याम्पियन्स लिगको अर्को खेलमा नोभेम्बर ५ मा युएईको क्लब अल ऐनसँग खेल्ने तालिका रहेको छ  ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →