← समाचारमा फर्कनुस्
अल नासर किङ कपबाट बाहिरियो

काठमाडौँ । अल नासर किङ कपबाट बाहिरिएको छ। गएराती भएको खेलमा अल नासर अल टावोउनसँग अनितम १६ को खेलमा १–० गोल अन्तरले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो।
अल टाओउनको जितमा खेलको ७१औं मिनेटमा वालीद अल अहमदले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
यस खेलमा रोनाल्डोले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टी गोल गर्न चुकेपछि अल नासरले खेल बराबरी गर्ने अवसर गुमाएको थियो।
योसँगै अल नासर किङ कपबाट बाहिरिएको छ। त्यस्तै अल टावोउन भने किङ कपको क्वाटरफाइनलमा पुगेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |