← समाचारमा फर्कनुस्
Football Dec 07, 2024 · Swadesh

अल नासर पराजित

अल नासर पराजित

काठमाडौँ । साउदी प्रो लिगमा अल नासर पराजित भएको छ।

शुक्रबार राति भएको खेलमा घरेलु टोली अल इत्तिहादले अल नासरलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

अल इत्तिहादको जितमा करिम बेन्जमा र स्टेभेन बेर्गविजले एक एक गोल गरेका थिए भने अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गरेको गोल सान्त्वना बन्यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औँ मिनेटमा बेन्जेमाले गोल गर्दै इत्तिहादलाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि रोनाल्डो गोल गर्द्र खेल १–१ को बराबरी अबस्थामा ल्याए।

त्यसपछि इन्जुरी समयको पहिलो मिनेमै बेर्गविजले गोल गरेपछि पाहुना टोली नासर स्तब्ध बन्यो।

जितसँगै शीर्ष स्थानमा रहेको इत्तिहादको १३ खेलमा ३६ अंक भएको छ। समान खेलबाट २५ अंक रहेको अल नासर चौथो स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →