← समाचारमा फर्कनुस्
Football Aug 19, 2025 · Swadesh

अल-नासर साउदी सुपर कपको फाइनलमा

अल-नासर साउदी सुपर कपको फाइनलमा

हङकङ स्टेडियममा भएको नाटकीय खेलमा १० खेलाडीमा सिमित अल-नासरले अल-इतिहादलाई पराजित गरेको छ। साउदी सुपर २०२५ को सस्करण हङकङ आयोजना गरेको हो । पहिलो सेमिफाइनल खेल  अल-नासर र अल-इतिहाद बिच भएको थियो। यस खेलमा अल-नासरले अल-इतिहादलाई २-१ गोल अन्तरले पराजित गर्दै अल-नासर फाइनलमा प्रवेश गरेको छ। 



पहिलो हाफ बराबरीमा टुगिंएको थियो भने खेलको २५ औं मिनेटमा सादियो माने रातो कार्ड खादै बाहिरिएको थियो। खेलको १०औं मिनेटमा मार्सेलोको पासमा मानेले नै उत्कृष्ट गोल गरेको थियो । त्यस्तै खेलको १६औं मिनेटमा स्टिभन बर्गविजनले साउदी च्याम्पियन अल-इतिहादका लागि बराबरी गोल गरेका थिए।



रोनाल्डोले खेलको ६१ औं मिनेटमा नवाफ बौशालको थ्रु बलमा, उनले निस्वार्थ रूपमा जोओ फेलिक्सलाई पास दिदै गोल गर्न मद्दत गरे। रोनाल्डो विरुद्ध पहिला अफसाइड दिएपनि  भिएआर मार्फत निर्णय उल्टिएपछि अल नासरले खेल जित्यो।  



शनिबारको फाइनलमा अल-नासरले बुधबारको दोस्रो साउदी सुपर कप सेमिफाइनल अल कादसियाह र अल अहली बिचको विजेतासंग खेल्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →