← समाचारमा फर्कनुस्
अल नासर हारबाट जोगियो

काठमाडौँ । अल नासर साउदी प्रो लिगमा अल खोलूदसँग बराबरीमा रोकिएको छ।
शुक्रबार राति भएको खेलमा अल नासर अल खोलूदसँग ३–३ गोलको बराबरीमा रोकिएको हो।
अल नासरलाई खेलको ९० मिनेटपछिको इन्जुरी समयमा टालिस्काले पेनाल्टीबाट गोल गर्दै हारबाट जोगाए। उनले यस खेलमा २ गोल गरेका थिए भने आयमेरिक लापोर्टाले एक गोल गरे।
यस खेलमा नियमित कप्तान क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन्।
त्यस्तै, अल खोलूदका लागि मिजाने माओलिदाले २ गोल गरे भने ज्याक्सन मुलेकाएल एक गोल गरे।
यो बराबरीपछि अल नासरको ८ खेलमा १८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ। त्यस्तै अल खोलूदको ८ खेलमा ६अंक भएको छ र लिगमा १४औँ स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |