← समाचारमा फर्कनुस्
Football Nov 03, 2025 · Swadesh

मिलानसँग हारेपछि रोमाले गुमायो मौका

मिलानसँग हारेपछि रोमाले गुमायो मौका

एसी मिलानले इटालीको सिरी ए मा आइतबार एएस रोमालाई १–० ले पराजित गरेको छ । सानसिरोमा भएको खेलमा स्ट्राहिन्जा पाभलोभिचले पहिलो हाफको ३९ औं मिनेटमा गोल गरे र यो नै निर्णायक रह्यो ।


हारपछि रोमाले अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । यो नतिजापछि मिलान २१ अंकमा तेस्रो स्थानमा रह्यो । इन्टर मिलानको पनि २१ अंक छ र दोस्रोमा छ । यस्तै रोमा पनि २१ अंकमै चौथो स्थानमा रह्यो ।


नेपोली भने २२ अंकमा शीर्षमा छ र यसपल्टको लिग उपाधि होड खुल्ला रहेको छ । इन्टरले त्यस अगाडि भेरोनालाई पनि १–० ले नै हराएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →