TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 12, 2026 · Swadesh

मिलानको उपाधि सम्भावना कमजोर

मिलानको उपाधि सम्भावना कमजोर

एसी मिलानले यो सिजन इटालीको सिरी ए उपाधि जित्ने सम्भावनामा शनिबार गम्भीर धक्का लागेको छ । घरमै युडिनेजीको हातबाट ३–० ले पराजित भएपछि मिलानको उपाधि सम्भावना अझ कमजोर बनेको हो ।


सानसिरोमा डाभिड बारटेसघीको आत्मघाती गोलले अग्रता लिएको युडिनेजीका लागि योर्गन एकेलेक्याम्प र आर्थर आटाले एक एक गोल थपे । अर्को प्रमुख खेलमा युभेनट्सले एटलान्टालाई १–० ले हरायो र अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राख्यो ।


त्यसमा जेरेमी बोगाले निर्णायक गोल गरे । लिग तालिकामा मिलान ६३ अंकमा तेस्रो स्थानमा रह्यो । युभेन्ट्स भने ६० अंकमा चौथो स्थानमा उक्लिन सफल रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →