च्याम्पियन्स लिग : एसी मिलानको पहिलो जित

काठमाडौं । इटालियन क्ल्ब एसी मिलानले युइएफए च्याम्पियन्स लिगमा पहिलो जित हासिल गरेको छ।
लगातार दुई खेलमा पराजित भएको एसी मिलानले मंगलबार राति भएको खेलमा बेल्जियन क्लब ब्रुगलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदान सान सिरोमा भएको खेलमा नेदरल्यान्ड्सका खेलाडी तिज्जानी रेजिन्डर्सले दोस्रो हाफमा दुई उत्कृष्ट गोल थियो।
खेलको ३४औं मिनेटमा क्रिस्टियन पुलिसिकले कार्नरबाट सिधै गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। ४०औं मिनेटमा नाइजेरियन मिडफिल्डर राफाएल ओन्येडिकाले रेजिन्डर्सलाई गरेको फउलको लागि रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सीमित भएको थियो।
१० खेलाडीमा रहे पनि ब्रुगका किरियानी साब्बेले ५१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ६१औं र ७१औं मिनेटमा तिज्जानी रेजिन्डर्सले गोल गर्दै एसी मिलानलाई ३–१ को अग्रता दिलाए।
च्याम्पियन्स लिगको अर्को खेलमा एसी मिलानले रियल मड्रिडसँग खेल्ने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |