← समाचारमा फर्कनुस्
Football Oct 29, 2025 · Swadesh

मिलानको बराबरीमा नेपोलीलाई थप फाइदा

मिलानको बराबरीमा नेपोलीलाई थप फाइदा

इटालीको सिरी ए मा मंगलबार राति त्यस्ता दुई खेल भए जसले डिफेन्डिङ च्याम्पियन नेपोलीलाई फाइदा मात्र भएको छ । पहिलो खेलमा नेपोली आफैले लिसलाई १–० ले हरायो ।


अर्को खेलमा मिलानले एटलान्टासँग १–१ को बराबरी खेल्यो । नेपोलीको नौ खेलबाट २१ अंक भएको छ भने मिलान समान खेलबाट १८ अंकमा रह्यो । अब त अरू टिमसामु पनि मिलानलाई उछिन्ने अवसर हुनेछ ।


स्टाडियो भिआ डेल मारेमा प्राप्त जितमा नेपोलीका लागि आन्द्रे फ्रान्कले ६९ औं मिनेटमा एक मात्र गोल गरे । अर्कोतर्फ गेविस स्टेडियममा भने मिलानले चौथो मिनेट सामुएल रिकीको गोलले अग्रता लिएको थियो ।


एडेमोला लकुमनले ३५ औं मिनेटमा एटलान्टाका लागि बराबरी गोल फर्काए । एटलान्टा यस सिजन लिगमा एक मात्र अपराजित टिम हो, तर उसले नौ खेलमा सात बराबरी खेलिसकेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →