← समाचारमा फर्कनुस्
Football Jan 29, 2025 · Swadesh

अपराजित रहँदै एपिएफ महिला लिग च्याम्पियन

अपराजित रहँदै एपिएफ महिला लिग च्याम्पियन

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ एन्फा महिला लिगमा अपराजित रहँदै च्याम्पियन बनेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।

एपिएफलाई लगातार उपाधि दिलाउन सविता रानामगरले दुई गोल गरिन्। यस्तै, सरु लिम्बू र अनु लामाले समान एक गोल गरे।

एपिएफले लिगका १९ खेलमा १८ जित र एक बराबरीको नतिजा हात पार्‍यो। त्यो एक बराबरी लिग चरणमा पुलिसविरुद्ध नै थियो। तर, चौथो भेटमा भने पुलिसले त्यति सशक्त प्रदर्शन गर्नै सकेन।

पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको थियो। तर, दोस्रो हाफको ६४औं मिनेटमा सविताको गोलमार्फत एपिएफले सुरुआती अग्रता लियो। अनिता केसीसँग तालमेल मिलाउँदै सरु लिम्बूले दिएको क्रसमा सविताले सहजै बललाई जालीको दिशा देखाइनन्।

त्यसको ६ मिनेटपछि नै सरुले नै अग्रता दोब्बर बनाइन्। रश्मिकुमारी घिसिङको हेडर बारमा लागेर फर्किएको थियो। त्यही बललाई डिफेन्डर अमृता जैशीसामुबाट सरुले फिनिसिङ गरिन्। 

८४औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्। इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपिएफको ४-० को जित पक्का गरिन्। उनी ८७औं मिनेटमा रेनुका नगरकोटेको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →