एपिएफको विजयी यात्रा जारी

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा एपिएफ क्लबले विभागीय डर्बीमा अर्को जित हासिल गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमामा शनिबार भएको खेलमा एपिएफले आर्मीलाई ३–१ गोलले पराजित गरेको हो।
एपिएफको जितमा कप्तान अनिता बस्नेतले एक गोल, दुई असिस्ट गरिन् भने निशा थोकर र प्रीति राईको नाममा एक एक गोल रह्यो।
खेलको ६०औं मिनेटमा निशा थोकरले हेडमार्फत गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाइन्। तर, ६९औं मिनेटमा आर्मीका लागि रक्षक विमला थापाले सुन्दर गोल गर्दै खेल १–१ को बराबरी अबस्थामा ल्याइन्।
त्यसपछि ८५औं मिनेटमा अनिता र ९०औं मिनेटमा प्रीति राईले गोल गर्दै एपिएफको फराकिलो जित पक्का गरिन्।
जितसँगै एपिएफ चार खेलमा स्पष्ट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। यता पहिलो हार ब्यहोरेको आर्मी समान खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |