← समाचारमा फर्कनुस्
Football Jan 15, 2025 · Swadesh

बागमतीको पोस्टमा एपिएफको आधादर्जन गोल

बागमतीको पोस्टमा एपिएफको आधादर्जन गोल

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिगअन्तर्गत दोस्रो चरणको खेलमा बागमती युथ क्लबमाथि सहज जित हासिल

गरेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा एपिएफले बागमतीलाई ६–० गोलले पराजित गरेको हो। 

एपिएफको जितमा रश्मीकुमारी घिसिंङ र सरु लिम्बुले समान दुई गोल गरिन्। त्यस्तै प्रीति राईको नाममा एक गोल रहँदा एक गोल एपिएफले उपहार रुपमा पायो। 

पहिलो हाफमै दुई गोल गरेको एपिएफले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो।

जितसँगै एपिएफले पाँच खेलमा १५ अंक जोडेको छ। यो नतिजासँगै बागमती चौथो स्थानमा यथावत रह्यो। चौथो खेलमा हार बेहोरेको बागमतीले पाँच खेलमा तीन अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →