← समाचारमा फर्कनुस्
रश्मी चम्किँदा वालिङमाथि एपिएफको सानदार जित

काठमाडौं । रश्मीकुमारी घिसिङको सानदार प्रदर्शनप्रेरित एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा वालिङ नगरपालिकामाथि सानदार जित हासिल गरेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सोमबार भएको खेलमा एपिएफ ९–० गोलले विजयी भएको हो।
एपिएफको जितमा रश्मीले चार गोल गर्दा गीता राना र सरु लिम्बुले समान दुई र अनिता केसीले एक गोल थपिइन्।
खेलको तेस्रो मिनेटमै रश्मीको गोलमार्फत एपिएफले सुरुआती अग्रता लिएको थियो।
जारी लिगमा लगातार दोस्रो जितसँगै ६ अंक जोडेको एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो पराजय बेहोरेको वालिङ पुछारमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |