← समाचारमा फर्कनुस्
वालिङको पोस्टमा एपिएफको १० गोल

काठमाडौं। विभागीय टोली एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो चरणमा वालिङ नगरपालिकामाथि फराकिलो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले वालिङलाई १०–० ले पराजित गरेको हो। सअघि एपिएफले वालिङलाई नै ९–० ले हराएको थियो। योसँगै वालिङले फाइनल चरणमै एपिएफबाट १९ गोल खाएको छ।
एपिएफको जितमा सरु लिम्बू र सविता रानामगरले समान दुई तथा प्रीति राई र रेनुका नगरकोटेले समान एक गोल गरे।
लगातार छैटौं जितसँगै शीर्षस्थानको एपिएफले ६ खेलमा १८ अंक पुर्याएको छ। वालिङ अंकविहीन छ। एपिएफलाई जित दिलाउन रश्मिकुमारी घिसिङले चार गोल गरिन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |